• ११ पुस २०८१, बिहिबार

सिमेन्टको मूल्य घटाउने उद्योगीको प्रतिबद्धता

blog

काठमाडौँ, मङ्सिर २६ गते ।  बुधबार निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । 

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा अब ६ सय रुपियाँमा पिपिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूले सिमेन्ट उद्योगी धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । 

सिमेन्ट उत्पादक सङ्घले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गर्नुभयो ।