• ५ असार २०८२, बिहिबार

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

blog

दुर्घटना भएको ट्याक्टर । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, मङ्सिर २४ गते । लमजुङमा सोमबार दिउँसो ३:४५ बजे विवाहको समान लिएर गएको  ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका–६ ठुलीबेसी स्थित भित्री सडक बेसीसहरबाट ताराचोक जाँदै गरेको  ग १ त ६१४१ नं  को ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भई सडक देखि करिब १५ मिटर तल खस्न जाँदा सोही ट्याक्टरका सहचालक जिल्ला लमजुङ दुधपोखरी गाउँपालिका– २ भुम्लिचोक घर भएका वर्ष २५ को मेगराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

कार्यालयका अनुसार प्रहरी चौकी बाहुनडाडा लमजुङबाट प्रहरी सहायक निरीक्षक कुमार के।सी को कमान्डमा २ जनाको प्रहरी टोली खटी गएको र चालक जिल्ला धादिङ बेनीघाट गाउँपालिका– ६ बस्ने वर्ष २८ को गणेशमान चेपाङलाई नियन्त्रणमा लिइएको छ  ।