निशा राई
धरान, मङ्सिर २३ गते । किरात राई यायोक्खा सुनसरीको दशौँ जिल्ला अधिवेशनमा राजेन्द्र राई निर्वाचित हुनुभएको छ ।
किरात राई यायोक्खा सुनसरीको कार्यालय धरानमा भएको अधिवेशनमा पुनः राजेन्द्र निर्वाचित हुनुभएको हो । निर्वाचनमा अध्यक्ष राजेन्द्रले ८४ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वी चन्द्रकला राईले ५४ मत प्राप्त गर्नुभएको छ ।
सहसचिवको ३ पदमा ४ जना उम्मेद्वार भएकाले निर्वाचन गरिएको निर्वाचन प्रमुख अर्जुन जम्नेली राईले जानकारी दिनुभयोे । निर्वाचनमा चन्द्र बान्तवा राईले १ सय ११ मत, इन्दिरा राईले १ सय १ मत र केशव राईले ९१ मत ल्याई विजयी हुनुभएको छ ।
उपाध्यक्षद्वय सबित्रा राई, यलमहाङ राई र सचिवमा शम्भु राई निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन प्रमुख राईले जानकारी दिनुभयो ।
यसैगरी कोषाध्यक्ष मेनुका राई, सह कोषाध्यक्ष तेज बान्तवा राई र सदस्यहरूमा विकास चाम्लिङ राई, क्षितिज राई, खगेन्द्र राई, कृपा राई, केदार सोनाहाङ राई, मालती राई, राजकुमार मेवाहाङ राई, सागर राई, रुपा राई, जानुका राई, लालबहादुर राई, मिलन राई, शिवकुमार राई, जितेन्द्र राई र समति राई निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन प्रमुख राईले बताउनुभयो ।
निर्वाचन समितिमा संयोजक अर्जुन जम्नेली राई तथा सदस्यहरूमा नागेशचन्द्र राई, मानभगत राई, राममण्डपा राई, दिनेश राई रहनुभएको थियो । अधिवेशनले ३ वर्षका लागि ९ पदाधिकारी र १६ जना सदस्य गरी जम्मा २५ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको छ ।