• ८ पुस २०८१, सोमबार

लोकसेवा आयोगका सदस्य खड्काद्वारा शपथ

blog

प्रदेश लोकसेवा आयोग बागमतीका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिनुहुँदै । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, मङ्सिर २१ गते । प्रदेश लोकसेवा आयोग बागमतीका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा सदस्य खड्कालाई पद तथा गोपनीयताका शपथ ग्रहण गराउनुभएका हो ।

खड्का आयोग सदस्यमा नियुक्ति हुनु भएसँगै आयोगले पूर्णता पाएको छ । शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङसहित अन्यको उपस्थिति थियो ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम खड्का आयोगको सदस्यमा नियुक्त हुनुभएको हो ।