अनिल पराजुली
हेटौँडा, मङ्सिर २१ गते । हेटौँडाको बसपार्कबाट बेवारिसे अवस्थामा फेला पर्नुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्क क्षेत्रमा काम गर्दै खाँदै हिँड्ने अन्दाजी ३५ वर्षीय कन्चन परियार नाम बताउने महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । महिलाको वतन भने खुलेको छैन ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिरामी भई उपचारका लागि प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगेकोमा उहाँको उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेको हो । परियारको शव अस्पतालमै छ ।