लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २० गते । साताव्यापी विवाह पञ्चमी महोत्सवको बिहीबार पाँचौँ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोल्लासका साथ मनाइने भएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित गङ्गाासागरमा प्रत्येक वर्ष झैं यसवर्ष आज साताव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर विधि गरिने भएको हो ।
साधु सन्त र श्रद्धालु महिलाहरुले कलश शिरमा राखेर गङ्गासागरको किनारमा गएर वैधिक परम्परा अनुसार सीताको पिताको भूमिका निर्वाह गरिरहेका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले विधिपूर्वक सीताको मटकोर गर्नुहुनेछ ।
आइतबारदेखि सुरु भएको साताव्यापी विवाह महोत्सवको पहिलो दि नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तोस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैटाैं दिन शुभविवाह हुन परम्परा छ । यस्तै, सातौं दिनमा रामकलेवा (विवाहमा सहभागी साधुसन्तलाई विभिन्न थरीका व्यञ्जनको भोजन) पछि विवाह महोत्सव सम्पन्न हुनेछ ।