• ८ पुस २०८१, सोमबार

त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै

blog

त्रिभुवन विश्वविद्यालय

काठमाडौँ, मङ्सिर १९ गते । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदैछ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । 

समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात  विद्यार्थी दीक्षित हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । 

समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ । उहाँले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो । रासस