• ८ पुस २०८१, सोमबार

क्षमताभन्दा धेरै विद्यार्थी बोक्ने विद्यालय बस

blog

विद्यालय बस । तस्बिर: सचिन पोख्रेल

सचिन पोख्रेल
इटहरी, मङ्सिर १९ गते ।
पछिल्लो समय इटहरी क्षेत्रमा सवारी दुर्घटनाहरु बढी रहेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग समन्वय गरेर सवारी दुर्घटना नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।

उपमहानगरपालिकाको समन्वयमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी सहितको सहभागितामा सवारी साधन दुर्घटना न्यूनीकरणका लागि सामुदायिक तथा निजी विद्यालयका सवारी साधानहरुको स्थलगत अनुगमन थालेको हो ।

यही क्रममा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले इटहरी क्षेत्रमा चल्ने विद्यालयहरुका सवारीहरुको अवस्था, चालकको सवारी चालक अनुमति पत्र लगायतका विषय केन्द्रित अनुगमन गरेको छ ।

अनुगमनको क्रममा नियम विपरित सञ्चालन गरेको र क्षमताभन्दा अधिक विद्यार्थी बोकेका एक दर्जन सवारी साधनलाई ट्राफिक प्रहरी नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।

विगत नौ वर्षदेखि नविकरण नगरेको चालकको सिट बेल्ट बिग्रिएको सिटको क्षमताभन्दा बढी विद्यार्थी बोकेको र कागज पत्र नबोकेकोलाई नियन्त्रणमा लिइ नविकरण गराई जरिवाना लिएर छोडेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

विद्यालयका सवारीहरुको अनुगमन गर्ने क्रममा केही सवारीहरुको नवीकरण समेत फेल भएको, केहीको चालकहरुको चालक अनुमति पत्र नभएको कतिपयको नवीकरण नभएको र सिटको क्षमताभन्दा बढी विद्यार्थीहरु बोकेको पाइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थी बोक्ने सवारीहरुले कोचाकोच विद्यार्थी बोक्ने, सवारी जिर्ण भइसकेको अवस्था पनि सञ्चालन गराइरहेका तर्फ मध्यनजर गर्दै दुर्घटना नियन्त्रणका लागि यस प्रकारको अभियान थालिएको जानकारी दिनुभयो ।

सवारी दुर्घना न्यूनीकरणका लागि कठाई गर्नुपर्ने अवस्था रहेका कारण पनि उपमहानगरपालिकाले जनचेतना र सवारी सञ्चालन गर्ने विद्यालयहरुलाई सजकताका लागि पनि सवारी अनुगमन गरिएको उपमहानगरपालिका प्रवक्ता दिवस पोख्रेलको भनाइ छ । उहाँले सवारी दुर्घटना नहोस भन्नका लागि उपमहानगरपालिकाले अभियान थालेको जानकारी दिनुभयो ।