• ७ मंसिर २०८१, शुक्रबार

पुलिस र एनआरटीको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै एनआरटी र सातदोवाटोका खेलाडी ।

काठमाडौँ, मङ्सिर ५ गते । विभागीय टोली नेपाल पुलिस क्लब र एनआरटी क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा सहज जित निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हरायो । अर्को खेलमा एनआरटीले सातदोबाटो यूथ क्लबलाई ३–० गोलले स्तब्ध बनायो । 

पुलिसको जितमा  कप्तान सुवास बमले दुई तथा चिरन कार्कीले एक गोल गर्नुभयो । चर्च ब्वाइजका लागि अनुज थिङले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै ११ खेलबाट २६ अङ्क बनाएको पुलिस शीर्षस्थानमा छ । पराजित चर्च ब्वाइज १४ अङ्कसहित नवौँ स्थानमा छ । 

यस्तै एनआरटीलाई जिताउन इशान शाहले दुई तथा राजन बुढाले एक गोल गर्नुभयो । जितसँगै ११ खेलबाट २२ अङ्क बनाएको एनआरटी दोस्रो स्थानमा छ । चार अङ्क बनाएको सातदोबाटो तालिकाको अन्तिममा छ ।