• २७ पुस २०८१, शनिबार

नेपाल–भारत सुरक्षा समन्वय समितिको बैठक

blog

बैठकका सहभागी ।

महोत्तरी समाचारदाता

महोत्तरी, कात्तिक १३ गते । नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठक महोत्तरीको मटिहानीमा सोमबार बसेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा भारतको सीतामढी र नेपालको महोत्तरी, सर्लाही र रौतहटको सुरक्षा अधिकारीको उपस्थिति रहेको छ । जिल्लाको सीमानाकामा रहेको मटिहानी होटेलमा सुरु भएको बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा भारतीय पक्षबाट विहार राज्यको सीतामढी जिल्लाको डिआइजी श्रीबाबु रामको नेतृत्व रहेको छ । बैठकमा सीतामढी जिल्लाको डिएम रिची पाण्डेय, सुपरिन्टेन्डेन्ट अफ पुलिस मनोजकुमार तिवारीसहित नेपालबाट सर्लाही, रौतहटका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ । 

तिहार र छठपर्वको अवसर पारेर शुभकामनासहित नाकाको सुरक्षासम्बन्धी नियमित बैठक रहेको जनाइएको छ । बैठकमा जानुपूर्व भारतीय सुरक्षा निकायका प्रमुखलाई मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलले स्वागतसहित सम्मान गर्नुभएको थियो । सो अवसरमा उहाँहरूलाई मटिहानीको प्रसिद्ध ऐतिहासिक एवं पौराणिक लक्ष्मीनारायण मठको अवलोकनसहित पूजापाठ गराइएको थियो भने लक्ष्मीसागरमा लक्ष्मीनारायण भगवान्को धार्मिक विधि रूपमा आरतीसमेत गरिएको थियो ।