• ८ मंसिर २०८१, शनिबार

जिल्ला कारागार गोरखामा क्षमताभन्दा बढी कैदीबन्दी

blog

जिल्ला कारागार गोरखा । तस्बिर :गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, कात्तिक १२ गते ।
जिल्ला कारागार गोरखामा क्षमताभन्दा बढी कैदीबन्दी छन् । कारागारको क्षमता २० जना महिला र ३५ जना पुरुषको भएता पनि हाल नाबालकसहित १२८ जना कैदीबन्दी रहेको जिल्ला कारगार गोरखाका निर्मित प्रमुख रिमबहादुर बिकले जानकारी दिनुभयो । 

उहाँका अनुसार धेरै वर्ष पुरानो भबनबाट जम्मा २० जना महिला कैदीबन्दी र ३५ जना पुरुष कैदीबन्दी राख्नुपर्ने ठाउँमा १२८ जना कैदीबन्दी राख्नुपर्ने भएकाले कैदीबन्दीहरु कष्टकर तबरबाट कारागारमा राख्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।

जिल्ला कारागार गोरखामा ११६ जना पुरुष कैदीबन्दी छन् भने महिला कैदीबन्दी १० जना मात्र रहेका छन् । दुई जना नाबलकमा एक जना बालक छन् भने अर्को नाबालिका छन् । जिल्ला कारागार गोरखामा महिला कैदीबन्दीका लागि बास सहज भए पनि पुरुष कैदीबन्दी झण्डै ३ गुणभन्दा बढी भएकाले पनि कष्टकार तबरबाट बस्न बाध्य भएका जिल्ला कारागार निर्मित प्रमुख बिकको भनाइ छ ।

जिल्ला कारागार प्रशासन गोरखाले कारागार व्यवस्था विभागललाई जीर्ण र पुरानो कारागार भवन थप गर्नका लागि विभागमा पत्राचार भएकाले अब यसको निकास छिट्टै निस्कने जिल्ला कारागार प्रशासनले जनाएको छ । 

अहिले कारागारमा रहेका कैदीबन्दीलाई क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कारगारभित्र कैदीबन्दीले आफनो सीप सिकी नियममित कामहरु मुढा बनाउने, ढाकाको टोपी बनाउने लगायतका कामहरु गर्न पनि बाधा पर्दै गएको जिल्ला कारागार गोरखाका निर्मित प्रमुख बिकले बताउनुभयो ।