• ८ मंसिर २०८१, शनिबार

यूएनएचसिआर नयाँ प्रतिनिधि मोनिकद्वारा पदभार ग्रहण

blog

मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुहुँदै यूएनएचसिआरका नेपाल प्रतिनिधि मोनिक सोखान।

काठमाडौँ, कात्तिक ६ गते। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय यूएनएचसिआरको नेपालका लागि नयाँ प्रतिनिधिका रूपमा मोनिक सोखानले पदभार ग्रहण गर्नुभएको छ। 

उहाँले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। ओहोदाको प्रमाणपत्र पेस गरे लगत्तै उहाँले नेपालमा युएनएचसीआर प्रतिनिधिको कार्यभार सम्हाल्नुभएको यूएनएचसीआर नेपाल कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सोखान यूएनएचसिआरको बैंककस्थित एसिया तथा प्रशान्त ब्युरोमा क्षेत्रीय वरिष्ठ संरक्षण संयोजकको सफल कार्यकाल पूरा गरेर नेपाल आउनुभएको हो। उहाँसँग २५ वर्ष लामो समयसम्म यूएनएचसिआरका विभिन्न कार्यालयमा काम गरेको अनुभव छ।