• २४ पुस २०८१, बुधबार

काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

blog

काठमाडौँ,  भदौ २८ गते ।  काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो । गत आवमा रु. २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु. १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ । 

काठमाडौँका स्थानीय तह, प्रदेश तथा सङ्घीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा रु. एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ । रासस