• २७ पुस २०८१, शनिबार

प्रधानमन्त्रीसँग सैनिक एकल महिला, घाइते परिवार सङ्घको भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै सैनिक एकल महिला, घाइते परिवार सङ्घका प्रतिनिधि । तस्बिरः रासस

काठमाडौँ, भदौ २० गते । सैनिक एकल महिला, घाइते परिवार सङ्घले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन जारी भएकामा स्वागत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा सङ्घका अध्यक्ष शोभा बिसीसहितले आफूहरुले न्याय पाउने आशा व्यक्त गर्नुभयो । 

नेपाली सेनामा कार्यरत सुरेन्द्र विसीको सशस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सन्धिखर्कमा २०५९ भदौ २३ गते तीजको दर खाने दिन हत्या गरिएको थियो। 

उक्त दिनको सम्झाना गर्दै सङ्घका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटेर द्वन्द्वकालीन मुद्दालाई निष्पक्ष र न्यायपूर्ण ढङ्गले पीडित मैत्रीपूर्ण ढङ्गबाट कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।रासस