• १६ भदौ २०८१, आइतबार

सप्तरीमा तालिम शिक्षालयको उद्घाटन

blog

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको उद्घाटन गर्नुहुँदै ।

 सप्तरी, भदौ १४ गते । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको उद्घाटन गर्नुभएको छ । महानिरीक्षक अर्यालले सप्तरीको कन्चनरुप नगरपालिका वार्ड नं. २ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उद्घाटन भएको हो ।

महानिरीक्षक अर्यालले गत वर्षमात्र नेपाल सरकारले स्तरोन्नति गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकसहित संरचनागत रूपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक वर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गर्नुभयो ।  

महानिरीक्षक राजु अर्यालले अब एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एवम्  वाटर रेस्क्यू सम्बन्धित तालिमहरू उल्लिखित शिक्षालयमा सञ्चालन गरिने बताउनुभयो । 

महानिरीक्षक अर्यालले शिक्षालयको कार्यालय भवन अगाडि तयार गरिएको शिलालेखको पर्दा अनावरण गरी उद्घाटन गर्नुभएको थियो ।  


तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षकसहित अठार जनालाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

उच्च कदर स्वरूप शिक्षालयका प्रमुख समादेशक एसएसपी दिग विजय सुवेदीलाई महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा विभूषित गर्नुभएको थियो ।