• २६ पुस २०८१, शुक्रबार

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालद्वारा सपथ

blog

गणेश खनाल
अर्घाखाँची, भदौ १२ गते ।
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायत उच्चपदस्थ व्यक्तिहरुको  उपस्थिति थियो ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई सपथ ग्रहण गराइएको थियो ।

मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो ।