• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै ओमनका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँग मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उहाँहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

परराष्ट्रमन्त्री डा‍ आरजु राणा देउवाको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार अपराह्न काठमाडौँ आउनुभएको हो । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।