• २२ असार २०८२, आइतबार

राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्छः पूर्व राष्ट्रपति भण्डारी

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौँ, भदौ १ गते। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताउनुभएको छ।

शनिबार काठमाडौँमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। 

उहाँले कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्त्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताउनुभयो। 

गणेश पण्डितको मूल्यांकन पनि सोही कोणबाट गर्नुपर्ने बताउनुभयो। उहाँले स्व। पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखेर राजनीतिमा होमिएको स्मरण गर्नुभयो। 

उहाँले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा हामिनु महत्वपूर्ण भएको बताउनुभयो। 

पूर्व राष्ट्रपति भण्डारीले अफ्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताउनुभयो।