देवरामप्रसाद यादव
सप्तरी, साउन २४ गते । सप्तरीको तिरहुत गाउँपालिका –२ मैनाकडेरीमा एक जना युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
तिरहुत गाउँपालिका –२ मैनाकडेरीका २३ वर्षीय आइजु मंसुरी बुधबार झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । घरबाट ५ सय मिटर महुली खोलानजिक रुखको हाँगामा गम्छामा फाँसी लगाई झुन्डिएको अवस्थामा मंसुरीको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतक मंसुरीको शब पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।