• १२ असोज २०८१, शनिबार

संरक्षणको पर्खाइमा कचन कवल (फोटो फिचर)

blog

काठमाडौँ, साउन २० गते । कोशी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुद्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखियापट्टि मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रुपमा घोषणा गरिएको छ । तर अहिले कचन कवलको संरक्षण हुन सकेको छैन । 

संरक्षण हुन नसक्दा कचन कवलको सौन्दर्य मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिच्ने सम्भावना रहने स्थानीयहरु बताउँछन् । भारतको सिमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हाल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रम गृष्मऋतुमा ३६ डिग्री से. सम्म हुन्छ भने शी कालमा औसत न्यूनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । 

वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ ।