• १२ असोज २०८१, शनिबार

‘सूचनाको हकले लोकतान्त्रिक पद्धति बलियो बनाउँछ’

blog

ढल्केबर समाचारदाता

ढल्केबर, साउन १९ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सूचनाको हकले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने बताउनुभएको छ । शुव्रmबार धनुषाको लालगढमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सुशासनका लागि सूचनाको हक विषयक मधेश प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख मण्डलले सूचनाको हकको प्रयोगले सुशासन र पारदर्शिता कायम गर्न सहयोग गर्ने उल्लेख गर्दै यसले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा सरकारी तथा सार्वजनिक निकायमा भएका हरेक गतिविधि जनताले थाहा पाउनु पर्छ । पारदर्शिता र जिम्मेवारी सुशासनका आधार हुन् । सुशासनबिना लोकतन्त्र बलियो हुन सक्दैन । त्यसैले सार्वजनिक निकायलाई उत्तरदायी र जवाफदेही बनाउन सूचनाको हकको अधिकतम उपयोग गर्नु पर्छ ।” सुशासन र पारदर्शिताका लागि सूचनाको हक अपरिहार्य भएको सभामुख मण्डलले बताउनुभयो । 

उहाँले सूचनाको हकको प्रयोगले मानिसलाई जिम्मेवार पनि बनाउने उल्लेख गर्नुभयो  । उहाँले भन्नुभयो, “जसले सूचना माग्छ त्यसलाई जिम्मेवार बनाउँछ । जसले सूचना दिन्छ उसलाई पनि जिम्मेवार बनाउँछ । त्यसकारण मेरो बुझाइमा हामीले जति सूचना प्राप्त गर्न सक्छौँ त्यति धेरै सार्वजनिक निकायको काम पारदर्शी हुन्छ ।”

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकको हकअघिकार सुनिश्चित गर्न, सार्वजनिक निकायलाई उत्तरदायी र जवाफदेही बनाउन र सुशासन कायम राख्न सूचनाको हकको महìवपूर्ण भूमिका भएको बताउनुभयो । सूचनाको हकको प्रयोगबाट भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालमा सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनको अवस्था, आयोगमा प्राप्त निवदेन उजुरी, पुनरावेदनको स्थिति, सूचना प्रवाह र सुशासनका लागि भएका कार्यबारे जानकारी गराउनुभयो ।