• १२ असोज २०८१, शनिबार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १८ गते। बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका ७ गौँडामुनि भन्ने स्थानमा टुण्डी कन्स्ट्रक्सन अन्तरगत निर्माणाधीन रघुघाट मंगले हाइड्रो पावरको रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रा.ली.ले सञ्चालन गरिरहेको ग १ त ७२४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मन्थली नगरपालिका १३ का तेजबहादुर पाण्डेको मृत्यु भएको हो ।  रामेछाप मन्थलीका ३९ वर्षीय पाण्डेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

ट्याक्टर चालक जिल्ला बारा कलैयामाई गाउँपालिका ८ का ५२ वर्षीय छोटेलाल भगतमाली सामान्य घाइते रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

 मृतकको शव पोस्टमार्टमको लागि बेन अस्पताल म्याग्दीमा राखेको प्रहरीले जनाएको छ ।