• १२ असोज २०८१, शनिबार

विद्यालय गएका छात्र खोलामा मृत फेला

blog

राधा लुइँटेल

फिदिम, साउन १७ गते । फालेलुङ ५ का दीप रा खेदोक खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । विद्यालय जान भनेर घरबाट हिँडेका११ वर्षीय राई बिहीबार मृत अवस्थामा भेटेका हुन् ।

स्थानीय बालकृष्ण राईका छोरा दीप कालिका मावि कक्षा ६ मा अध्ययनरत हुनुहुन्थ्यो । राईको सर्ट र स्कुल ब्याग नदी किनारमा सुरक्षित भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनीलाल साह (तेली)ले बताउनुभयो ।

उहाँका अनुसार खोलामा तैरिरहेका दीपलाई स्थानीयले भेटेर बाहिर निकाल्दा मृत्यु भइसकेको बुझेपछि प्रहरी चौकी प्राङबुङमा खबर गरेका थिए । त्यहाँबाट गएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जनाइएको छ ।

राईको मृत्यु के कसरी भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको पनि प्रहरी निरीक्षक साहको भनाइ छ ।