• १२ असोज २०८१, शनिबार

कमला नदीमा फसेका तीनजनाको उद्धार

blog

कमला नदीमा फसेका तीन जनालाई उद्धार गर्दै प्रहरी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन १६ गते । धनुषास्थित कमला नदीमा फसेका तीनजनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिका–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीनजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम यादवलाई कमला नदीको बिच भागबाट उद्धार गरिएको बताउनु भयो । उहाँहरू बुधबार बिहान दाउरा सङ्कलन गर्न गएको अवस्था एक्कासि बाढीको बहाव बढेपछि नदीमा फसेको उहाँले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुर र सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरीको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाईंले बताउनुभयो । उद्धार कार्यमा सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले सहयोग गर्नुभएको थियो ।