• ८ मंसिर २०८१, शनिबार

बेलगाछी पुलमा क्षति, सवारी अवरुद्ध

blog

बाढीले क्षति भएको महोत्तरीको बेलगाछीे पुल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन १६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको ढुङ्ग्रेस्थित बेलगाछीे पुलमा बाढीले क्षति पुर्‍याएकाे छ । मङ्गलबार राति परेको वर्षाका कारण खोलामा आएको बाढीले पुलको पश्चिम भागमा क्षति भएको हो । पुल क्षति भएपछि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधन अवरुद्ध भएको छ । 

सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनीयर सञ्जय यादवले खोलामा आएको बाढीले राती ३ बजेतिर पुल छेउको सडक बगाएको बताउनुभयो । उहाँ पुलमा कुनै क्षति नपुगेको बताउँदै सवारीसाधन नियमित सञ्चालनमा ल्याउनका लागि डाइभर्सन निर्माणका काम भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पुलको पश्चिम मागमा करिब १० मिटर सडक बाढीले कटान गरेको छ । पुल र पुलको स्पामलाई कुनै जोखिम पुगेको छैन । सडक कटान भएको स्थानमा डाइभर्सन निर्माणको काम भइरहेको छ ।” बुधबार बिहानदेखि डाइभर्सन निर्माणको काममा जुटेको यादवले बताउनुभयो । उहाँले सम्भवतः आज साँझ अथवा बिहीबार बिहानसम्म डाइभर्सन निर्माण गरेर सवारीसाधन सञ्चालनका लागि खुला गरिने जानकारी दिनुभयो ।