जनकपुरधाम, साउन ११ गते । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त हुनुभएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।
सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा. यादव मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गर्नुभएको छ । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त हुनुभएको थियो । विगत पाँच महिनादेखि लोकसेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी भर्ना, तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तर्वार्ता तथा छनाेट प्रक्रिया अवरुद्ध भएको थियो । २०७६ भदौ ४मा प्रदेश लोकसेवा आयोगको गठन तथा स्थापना भएको थियो । रासस