• १२ साउन २०८१, शनिबार

पहिरोमा परी त्रियुगामा एकको मृत्यु, दुई जना घाइते

blog

उदयपुर (गाईघाट), असार २५ गते । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका-१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन् । रासस