• १९ असार २०८१, बुधबार

गोदावरीको न्यायिक समितिद्वारा ५५ मुद्दा फर्छ्यौट

blog

गोदावरी नगरपालिकाको कार्यालय ।

अविनाश चौधरी

धनगढी, असार १७ गते । कैलालीको गोदावरी नगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा ५५ वटा मुद्दा  फर्छ्यौट गरेको छ । नयाँ परेको ४३ र जिम्मेवारी सरिआएको १८ गरी जम्मा ६१ मुद्दा रहेकोमा ५५ वटा  फर्छ्यौट भएको समितिले जानकारी दिएको छ ।  फर्छ्यौट भएका मुद्दामध्ये ३७ मुद्दा न्यायिक समिति र १८ मुद्दा मेलमिलाप केन्द्रमा छिनोफानो भएको न्यायिक समितिले जानकारी दिएको छ । 

समितिमा सबैभन्दा बढी १९ वटा जग्गा विवादको मुद्दा परेकोमा १८ वटा  फर्छ्यौट गरिएको छ । त्यस्तै, श्रीमान श्रीमतीबिच विवादको मुद्दा पाँचवटा परेकोमा चारवटा  फर्छ्यौट गरिएको छ । गालीगलौचका जम्मा नौ मुद्दामध्ये सातवटा  फर्छ्यौट गरिएको छ । 

त्यस्तै, लेनदेनका आठ मुद्दा परेकोमा सबै  फर्छ्यौट भएको समितिले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा परेकामध्ये बाँकी ६ वटा मुद्दा पनि पछ्र्यौटको क्रममा रहेको आज आयोजित कार्यक्रममा जनाइएको छ ।