• १८ असार २०८१, मङ्गलबार

पहिरोमा परी घाइते भएकाको हेलिकप्टरमार्फत उद्दार

blog

पहिरोको ढिस्काले लागेर घाइते भएका लिम्बूलाई उपचारमा लैजान हेलिकप्टरमा चढाइँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १६ गते। ताप्लेजुङमा पहिरोमा परी घाइते भएका एक वृद्धलाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारमा लगिएको छ। जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई हेलिकप्टरमार्फत उपचारका लागि विराटनगर लगिएको छ। 

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार पहिरोको ढिस्कोले लागेर घाइते भएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरी उपचार गर्न विराटनगरको नोवेल अस्पताल लगिएको छ। वडा कार्यालयले उपब्ध गराएको त्रिपाल लगायतका राहत सामग्री बुझेर घरतर्फ फर्कने क्रममा शुक्रबार साँझ बाटो माथिबाट खसेको पहिरोको ढिस्कोले लागेर लिम्बू घाइते हुनुभएको थियो।

घाइते लिम्बूको टाउकोमा गहिरो चोट लागेकाले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाली सेनाको हेलिकप्टर झिकाई शनिबार उपचारका लागि विराटनगर पठाइएको प्रनाउ रावलले जानकारी दिनुभयो। लिम्बूको सामान्य अवस्थामा उपचार हुँदै आएको पनि परिवार स्रोतलाई उध्रृत गर्दै प्रहरीले जानकारी दिएको छ। गत जेठ ३२ गते गएको बाढीपहिरोबाट लिम्बूको परिवारसहित मामाङ्खेमा दुई दर्जन बढी परिवार प्रभावित भएका छन्।