• १६ असार २०८१, आइतबार

जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छ : पूर्व सभामुख सापकोटा

blog

‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । साथमा पूर्व सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, असार १४ गते । पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताउनुभएको छ । 

शुक्रबार काठमाडौँमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले समाजवाद संविधानमा उल्लेख गरिए पनि राम्रो व्याख्या नगरिएको बताउनुभयो । उहाँले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनै पनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गर्नुभयो । उहाँले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताउनुभयो।

पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

यो पनि पढ्नुहोस

समाजवादको आधार तयार पार्न सरकार लागेको छ : प्रधानमन्त्री