• १६ असार २०८१, आइतबार

अतिक्रमण हटाउँदै वृक्षरोपण

blog

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा बिरुवा लगाउँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार १४ गते । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कपिलवस्तुमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुका कार्यक्षेत्रका अतिक्रमण हटाइएका ८० हेक्टर क्षेत्रमा वृक्षरोपणका कार्य सञ्चालनमा रहेको कार्यालय प्रमुख विजयराज सुवेदीले बताउनुभयो ।

यस वर्ष करिब २ सय हेक्टर वन अतिक्रमण हटाइएको छ । केही हटाउने तयारी छ । ती क्षेत्रमा यसै वर्ष वृक्षरोपण गरिने सुवेदीले बताउनुभयो । दिवसको अवसरमा शुक्रवार बिहान ८ बजे बुद्धभूमि ५ गौतम बुद्ध सामुदायिक वन क्षेत्रमा बिरुवा लगाउँदै कार्यक्रमको समुद्घाटन गरिएको थियो । वनले ६ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । वर्षौँंदेखि अतिक्रमण गरी खेती गर्दै आएको जग्गामा तार वार गरी वृक्षरोपण गरिएको सामुदायिक वनका अध्यक्ष सूर्य मल्लले बताउनुभयो ।

प्रति हेक्टर १ हजार ६ सय बिरुवा लगाउने गरी सामुदायिक तथा साझेदारी वनको तयारी रहेको वन अधिकृत खिल तामाङले बताउनुभयो । वृक्षरोपणका लागी वन कार्यालयले नर्सरी मार्फत उत्पादन गरिएका बिरुवा प्रयोग गरिएको छ ।