• १२ असार २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा बर्लिन पर्खालको अवलोकन

blog

राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबिचको भत्किएको बर्लिनको पर्खाल अवलोकन गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको कार्यालय

वर्लिन (जर्मनी), असार ३ गते । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबिचको भत्किएको बर्लिनको पर्खाल अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आउनुभएका हो । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबिच वर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ ।