• १३ साउन २०८१, आइतबार

पालिका अध्यक्ष स्याङ्तानको घरमा आगलागी

blog

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको घरमा आगलागी ।

राममणि दाहाल

हेटौँडा, जेठ २९ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको घरमा आगलागी भएको छ । पालिका अध्यक्ष स्याङ्तानको मकवानपुरगढी गाउँपालिका ३ धमिलेस्थित घरमा मङ्गलबार आगलागी भएको हो ।

आगलागीबाट टिनको छाना भएको, काठको कच्ची तीन तले घर पूर्ण रुपमा जलेर नष्टभएको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । आगलागीबाट मानवीय र चौपाया क्षति नभएको उहाँले बताउनुभयो ।

साथै आगलागीबाट २५ मुरी धान, १५ मुरी कोदो, १० मुरी मकै, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको छ । आगलागी के कति कारणले भएको हो खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।