• १२ साउन २०८१, शनिबार

थाहाको आलु (फोटो फिचर)

blog

हेटौँडा, जेठ २९ गते । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ को नयाँ गाउँ आलु खेतीका लागि प्रख्यात मानिएको छ । चर्चा नै कमाएपछि यहाँको  त्रिभुवन राजपथ छेउमा आलुको स्तम्भ नै निर्माण गरिएको छ । 

आकर्षक मात्र होइन यहाँको आलु स्वादिलो र मिठो पनि मानिन्छ । यहाँ ७० किलोको कृत्रिम काउली र ३५-३५ किलोका दुई वटा कृत्रिम रातो आलुको स्तम्भ बनाइएको हो । 

थाहा नगर भ्रमण गर्ने पर्यटकलाई नगरपालिकाको मुख्य पेसागत पहिचानबारे जानकारी दिन र पर्यटन प्रवर्द्धन गर्न आलु–काउली स्तम्भ बनाइएको नगरप्रमुख विष्णु विष्टले बताउनुभयो  । थाहा नगरबाट बर्सेनि करिब ५० करोडको आलु र १२ करोडको काउली बिक्री हुने गरेको थाहा नगरका कृषि शाखाका प्रमुख सञ्जय तिवारी जानकारी दिनुभयो  । 

स्तम्भ तयार भएसँगै त्रिभुवन राजपथ भएर आउजाउ गर्ने यात्रुले गाडी रोकेर स्तम्भ अवलोकन गर्ने र सेल्फी खिच्ने गरेको स्थानीय व्यापारी राजकुमार पन्तले बताउनुभयो । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ, हेटौँडा लगायतका स्थानमा विक्री हुने गरेको छ । पर्यटकीय र कृषिका लागि थाहा नगर क्षेत्रलाई उर्वर भूमि मानिन्छ । 


Author

अनिल पराजुली