• १३ साउन २०८१, आइतबार

अध्यक्ष यादवद्वारा दायर रिटमा सुनुवाइ हुँदै

blog

काठमाडौँ, जेठ २५ गते । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।

यसअघि मङ्गलबार न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको थियो ।

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै अध्यक्ष यादवले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

अध्यक्ष यादवले निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाएर रिट दर्ता गर्नुभएको हो ।

यादवद्वारा दायर रिटमा राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीको आधिकारिकता बदर गर्न माग गरिएको छ । साथै अध्यक्ष यादवले आयोगको निर्णयलाई खारेज गर्न पनि माग गर्नुभएको छ ।

वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।