• १२ साउन २०८१, शनिबार

टि २० विश्वकप नेपाल—नेदरल्याण्ड

दबाब सहन सक्ने टिमले जित्छ : कप्तान रोहित

blog

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल विश्वकप सुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्नुहुँदै ।

काठमाडौँ, जेठ २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबिचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताउनुभएको छ ।

विश्वकप सुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्नुहुँदै कप्तान पौडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले विश्वकप खेल्नका लागि आफूहरु सबै उत्साहित रहेको बताउनुभयो । उहाँले १० वर्षपछि नेपालले टि २० विश्वकप खेल्न लागिरहेको भन्दै उहाँले सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।

पौडेलले अहिलेका खेलाडीहरुको सपना आज पूरा हुन लागेको जिकिर गर्नुभयो । उहाँले पहिलो खेल जित्नु महत्त्वपूर्ण हुने भन्दै जितका लागि आफूहरु खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी सबै जना उत्साहित छौँ । यो खेल एकदमै महत्त्वपूर्ण छ । १० वर्षपछि विश्वकप खेल्दैछाैं । नेपाल क्रिकेटका लागि यो महत्त्वपूर्ण कुरा हो । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’’

उहाँले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको बताउनुभयो ।