• १३ साउन २०८१, आइतबार

पृथ्वी राजमार्ग एकतर्फी सुचारु

blog

पहिरो पन्छाएपछि सूचारु गरिएको यातयात । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ २० गते ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग सूचारु भएको छ ।

पहिरोलाई पन्छाएर आइतबार बिहान ११ बजेबाट एकतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसी) दीपककुमार रायले जानकारी दिनुभयो ।

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो शनिबार राती परेको वर्षाले पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको थियो । मुग्लिन–पोखरा राजमार्ग विस्तार अन्तर्गत पूर्वी खण्डको डोजर प्रयोग गरेर पहिरो पन्छाएर सुचारु गरिएको रायले जानकारी दिनुभयो ।

शनिबार साँझ ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि शनिबार बिहान ५ बजे पुनः पहिरो खसेको थियो । सो क्षेत्रमा पहिरोको जोखिम रहेको प्रहरी नै परिचालन गरेर एक तर्फीबाट यातयात सुचारु गरिएको प्रनाउ रायले जानकारी दिनुभयो । रायले भन्नुभयो, ‘‘वर्षाले गर्दा माटो गलेकोले पहिरो जुनसुकै बेला पनि खस्न सक्ने जोखिम भएकोले एकतर्फी सञ्चालनमा ल्याएका छौं ।’’