• १३ साउन २०८१, आइतबार

सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी खुल्यो

blog

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको ड्याम माथितिर गएको सुख्खा पहिरो ।

बाबुराम शर्मा 

दोलखा, जेठ १८ गते । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थितको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको ड्याम माथितिर गएको सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी खुलेको छ । 

शुक्रबार बिहान १० बजे ड्यामभन्दा करिब तीन किलोमिटरमाथि देउरालीमा गएको सुख्खा पहिरोले थुनिएको तामाकोशी नदीको पानी छेउबाट बिस्तारै खुलेकाले अहिले खतरामुक्त रहेको इलाका पहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नदी थुनिएको ड्यामभन्दा तीन किलो मिटरमाथि रहेकाले ड्यामलाई पनि खतरा छैन । आसपासका स्थानीयलाई माइकिङगरी सचेत रहन आग्रह गरिएको छ । थुनिएको नदी छेउबाट बिस्तारै खुलेकाले अहिले खतरा छैन । 

दुगढले निर्माण गरेको ड्रयाम–लप्ची सडक खण्डमा माथिबाट पहिरो आएकाला साना साधन सञ्चालनमा थिए । अहिले सुख्खा पहिरोले सडक समेत बगाएपछि यातायात बन्द भएको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो ।