• १२ साउन २०८१, शनिबार

बक्सिङको दोस्रो चरणको ओलम्पिक छनोट थाइल्यान्डमा

blog

काठमाडौँ, जेठ ८ गते । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

मे २४ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नुहुनेछ । महिला ५४ केजीमा अन्जनी तेलीले प्रतिस्पर्धा गर्नुहुनेछ । प्रशिक्षकमा प्रकाश थापामगर रहनुभएको छ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।