• ७ जेठ २०८१, सोमबार

एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैनः कांग्रेस

blog

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । फाइल तस्बिर

काठमाडौँ, वैशाख २६ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ ।

कांग्रेस र एमाले दुई ठुलो पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आम धारणा बन्न गएको दाबी गर्नुहुँदै उहाँले सो सम्बन्धमा ठोस संवाद भने भई नसकेको प्रष्ट्याउनुभएको हो ।

बुधबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा प्रमुख सचेतक लेखकले कांग्रेसले तत्काल सत्ता समीकरण भत्काउन खोज्यो भन्ने भनाइ पनि सत्य नभएको जिकिर गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत दिगो विकास, सुशासन, विकास र समृद्धि संविधानमा उल्लेख गरिएकाले त्यसका लागि पनि ठुला दलहरुबिच सहकार्य हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई सरकारमा जाने विषयमा रुपमा चित्रण गर्न नहुने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संविधानमा देखिएको जटिलता र चुनौतीको सामना गर्न पनि ठूला दलहरुबीच संवादको आवश्यकता रहेको औंल्याउनुभयो ।