• ७ जेठ २०८१, सोमबार

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।

काठमाडौं, वैशाख २६ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ। 

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताउनुभयो। उहाँले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताउनुभयो। उहाँले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताउनुभयो। उहाँले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो। उहाँले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताउनु भयो। उहाँले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रूपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो। उहाँले नारायणहिटी दरबारलाई सरकारी अरू निकायहरू राख्ने नभई विश्वभरले अध्ययन गर्ने थलोको रूपमा विकास गर्नु जरुरी रहेको बताउनुभयो। गणतन्त्र सङ्ग्रहालय, जनजाति सङ्ग्रहालय निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।