• ७ जेठ २०८१, सोमबार

आगलागीबाट हजारौँ बोट सुन्तला नष्ट

blog

राधाकृष्ण डुम्रे

वालिङ, वैशाख २६ गते  । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मा आगलागीका कारण हजारौँ बोट सुन्तलामा क्षति पुगेको छ । फल दिने बेला भएका, फल दिँदै आएका र बेर्ना सुन्तलामा आगलागीका कारण नराम्रोसँग क्षति पुगेको हो । सुन्तला सुपरजोन स्याङ्जाका अनुसार पाँच सुन्तला कृषक समूहमा आबद्ध कृषकको लाखौँ क्षति भएको हो । 

प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका प्राविधिक सहायक इन्द्र सुवेदीले फल दिँदै आएको चार हजार ९७७ बोट, बेर्ना दुई हजार ६७४, पाँच हजार बोट कफी, २५० बोट तेजपत्ता, १५० बोट अलैँची तथा आँप, भुइँकटहर, सिताके च्याउका मुढा जलेर नष्ट भएको जानकारी दिनुभयो ।  सुन्तलाका लागि सिँचाइ गरिँदै आएको १२ हजार मिटर पाइपसमेत पूर्ण रूपमा जलेर नष्ट भएको सुवेदीले बताउनुभयो । डढेलोका कारण एक करोडभन्दा धेरै क्षति पुगेको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका प्रमुख माधव लम्सालको भनाइ छ ।