• ६ जेठ २०८१, आइतबार

पोखरीमा डुबेर बालकको मृत्यु

blog

वसन्त पराजुली
भरतपुर, वैशाख २५ गते ।
माछा मार्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० को जीवनपुरका १० वर्षीय सिमानस चौधरी हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बालक सिमनास माछा पोखरीमा बल्छीबाट माछा मार्दै गर्दा डुब्न पुगेका थिए ।