• ४ जेठ २०८१, शुक्रबार

गर्मी छल्न आज र भोलि विद्यालय बन्द

blog

काठमाडौं, वैशाख २० गते । बुटवल उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिन यता तातो हावा चल्न थालेकोले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।