• ३ जेठ २०८१, बिहिबार

डढेलो बस्तीमा पसेपछि सात घरमा क्षति

blog

गैरा गाउँमा आगोले घर। तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख १९ गते। वनमा लागेको डढेलो बस्तीमा पसेपछि रामपुर नगरपालिका ४ र ५ को सात घरमा क्षति भएको छ। आगलागी बाट वडा नम्बर ५ गैरा गाउँका पाँच घर र वडा नं. ४ को समानसिङको दुई भन्दा बढी घर पूर्ण रुपमा जलेका हुन्।

 गैरा गाउँको सन्तमान श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, रामप्रसाद श्रेष्ठ र धनप्रसाद श्रेष्ठको घर संगै गोठमा क्षति भएको हो। त्यस्तै वडा नम्बर ४ समानसिंङको सूर्य श्रेष्ठको घर सँगै कुखुरा फर्म र यम कुमारी श्रेष्ठको एक घरमा क्षति गरिसकेको लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक नरबहादुर रानाले जानकारी दिनुभयो। 

त्यस्तै आगालागी बाट लक्ष्मी आधारभूत विद्यालय रेवती पोखराको भवन जोखिममा रहेको छ। डढेलो चारैतिर फैलिएकाले वडा नम्बर ४ को समानसिङ, छतिवन डाँडा, गिजिन डाँडा लगायतका बस्ती जोखिममा छन्।   

दिउँसो १२ बजे बाट लागेको आगो हावा चलेका कारण चारैतिरको जंगलमा छरिएकाले नियन्त्रण भन्दा बाहिर रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो। नेपाली सेना, प्रहरीसँगै स्थानीय बस्ती जोगाउन जुटिरहेका छन्। आगो राम्चे सामुदायिक वन, गाबुडाँडा सामुदायिक वन, देउराली डाँडा सामुदायिक वन क्षेमा फैलिने क्रममा रहेको छ।