• २३ वैशाख २०८१, आइतबार

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

blog

काठमाडौँ,  चैत २७ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. पाँच सयले बढेको छ । 

मङ्गलबार प्रतितोला रु. एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु. एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । 

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु. एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु. एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु. १५ ले बढेर एक हजार  सात सय कायम भएको छ । रासस