• २७ पुस २०८१, शनिबार

राप्रपाको प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्गलबार काठमाडौँको भद्रकालीमा गरेको विरोध प्रदर्शन । तस्बिर: हरिराम भेटुवाल/रासस

काठमाडौँ, चैत २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व खड्काका अनुसार प्रदर्शनकारीले भद्रकाली, सहिदगेट, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, सुन्धारा आसपासमा नाराबाजीसहित प्रदर्शन गरेकाले सवारी साधनलाई वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ। 

सार्वजनिक बसलाई वैकल्पिक बाटोतर्फ पठाइएपछि यात्रु भने अलपत्र परेका छन्।  उहाँले भन्नुभयो, “प्रदर्शनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ, सवारीलाई भद्रकाली, सुन्धारा प्रवेश गर्न नदिई  वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।’ 

अहिले माइतीघरबाट सवारीलाई सुन्धारा प्रवेश गर्न नदिएको उहाँको भनाइ छ।  भक्तपुरबाट आउने सार्वजनिक सवारी साधनलाई तीनकुनेबाटै सिनामङ्गलतर्फ पठाइएको छ। ललितपुरबाट आउने सवारी साधनलाई पनि काठमाडौँ प्रवेशमा रोक लगाइएको छ। पुल्चोकदेखि नै सवारी साधनलाई झम्सिखेल र सानेपातर्फ पठाइएको छ।

उहाँले प्रदर्शनकारी भद्रकालीबाट त्रिपुरेश्वरतर्फ गएका छन्।  कीर्तिपुरबाट आउने सवारी साधनलाई कालिमाटीमा रोकिएको छ।  सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मङ्गलबार प्रदर्शन गरेको हो। तस्बिर : सागर बस्नेत