• ८ मंसिर २०८१, शनिबार

‘अग्नि उद्दीप्त’ कृति लोकार्पित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २५ गते । वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ को नयाँ कृति मुक्तक संग्रह  ‘अग्नि उद्दीप्त’ बिमोचित भएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा आख्यानकार माया ठकुरी, कृतिकार पत्थर, हेमन्ती जोशीलगायतले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभयो । 

यसअघि उपन्यास, कविता, गजल संग्रह, कथा संग्रह, संस्मरण, समीक्षालगायत १७ कृति प्रकाशनमा ल्याइसक्नुभएका  ‘पत्थर’ को यो १८औँ कृति रहेको उहाँले बताउनुभयो । कार्यक्रमका कथाकार माया ठकुरीले साहित्यकार प्रियाका मनका भावहरू यस कृतिभित्रका मुक्तकहरूमा झल्केको बताउनुभयो ।  


साहित्यकार उषा शेरचनले सुदूरपश्चिममा रहेर साहित्यकार पत्थरको सक्रियताबारेमा चर्चा गर्नुभयो । डा. नारायण गैरे र ज्ञानु अधिकारीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो । सो अवसरमा साहित्यकार ललिजन रावल, रामकाजी कोने, रमेश पौडेल, डा. रेणुका सोलु नेपाली साहित्य र कृतिमाथि चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा नमराज घिमिरे, सन्तोष अम्गाई, जुनु घिमिरे, पार्वती भट्ट लगायतले आफ्नो रचना वाचन गर्नुभएको थियो ।