• २० वैशाख २०८१, बिहिबार

दोस्रो खेलमा नेपाल र बहराइन भिड्दै

blog

खेलअघि तयारी गर्दै नेपाली टोली ।

काठमाडौँ, चैत १३ गते । सन् २०२६ को फिफा विश्वकप  र एएफसी एसिएन कप संयुक्त छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले मङ्गलबार (आज राति) बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । 

बहराइन राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुने खेलमा नेपाल सुधारात्मक प्रदर्शन गर्ने योजनामा छ । यसअघि बिहीबार राति भएको पहिलो खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजित भएको थियो । बहराइनसँगको दोस्रो खेलमा जित निकाल्न नसके बाँकी दुई खेल अगावै नेपालको विश्वकप र एसिया कप छनोट यात्रा सकिनेछ । 

नेपाल दोस्रो चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स युएईसँग ४–० र यमनसँग २–० गोलले पराजित भएको थियो । नेपालले पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।