• १३ साउन २०८१, आइतबार

करिब ८० प्रतिशत अफगानीमा खानेपानीको पहुँच छैन : युएनडिपी

blog

काबुल, चैत ११ गते । अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ । यो सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको छ ।

भूपरिवेष्टित अफगानिस्तान खडेरीको चपेटामा परेको छ । अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ । रासस/सिन्ह्वा